कोरोना विरुद्धको खोप कक्षा १२ का विद्यार्थीलाई तत्काल लगाउन संसदीय समितिको निर्देशन

काठमाडौँ, १० भदाै– प्रतिनिधि सभा, शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ का विद्यार्थीलाई तत्काल कोरोना विरुद्धको खोप लगाउन सरकारलाई निर्देशन दिएको छ ।

Dadeldhura hospital

समितिको आज सिंहदरबारमा बसेको बैठकले लामो समय सम्म परीक्षा रोकिदा विद्यार्थीको स्तर उन्नतिमा समस्या हुने भन्दै छिटो भन्दा छिटो विद्यार्थीलाई खोपको व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

Navadurga sun
Godawari sandesh

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री उमेश श्रेष्ठले कक्षा १२ का विद्यार्थीलाई खोप लगाउने प्रक्रिया सुरु भइसकेकोले चाँडै नै सबै विद्यार्थीलाई खोप उपलब्ध हुने जानकारी गराएका छन् ।

Loading...