कञ्चनपुरको सीमा क्षेत्रमा नेपाल-भारतका सुरक्षाकर्मीको संयुक्त गस्ती सुरु

कञ्चनपुर, १० भदौ- कञ्चनपुरको सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले दुई देशका सुरक्षाकर्मीले संयुक्त रुपमा गस्ती सुरु गरेको छ । नेपाल भारत सीमा क्षेत्र अन्तर्गत कञ्चनपुरको दोधारा चाँदनीमा सशस्त्र प्रहरी र भारतीय सुरक्षाकर्मी एसएसबीको संयुक्त टोलीले गस्ती सुरु गरेको हो ।

Dadeldhura hospital

दोधारा चाँदनी नगरपालिका वडा नं. ८ को सुन्दरनगर र वडा नं. १० स्थित १८ नम्बर पिल्लर नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त गस्ती सञ्चालन भईरहेको छ । सीमा स्तम्भ संख्या ७९३/१ बिपी २१ देखि ७९६/२२१७ मुख्य जंगे पिल्लरसम्म नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त गस्ती सञ्चालन गरिएको बीओपी दोधारा चाँदनी (कुतियाकवर) ले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

नेपालका तर्फबाट सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी का इन्चार्ज दान बहादुर विष्टको नेतृत्वको टोली रहेको छ । यस्तै भारतीय सीमा सुरक्षा बल (एसएसबी)को तर्फबाट नौजलीया कम्पनी कमाण्डर शक्ति प्रसाद उन्याल नेतृत्वमा रहेको संयुक्त गस्ती टोलीले रहेको छ ।

सीमा अतिक्रमण, लागू औषध ओसार पसार, अवैध हातहतियार, आतंकवादी गतिविधि, तस्करी, सामान्य विवाद लगाएत अपराध नियन्त्रणमा सीमा गस्तीले प्रभावकारी हुने दुबै देशका सुरक्षा अधिकारीहरुले बिश्वास लिईएका छन् ।

Loading...