विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक बाट २३ हजारले लिए सेवा

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ ले चालु आर्थिक वर्षको साउन देखि पुस मसान्त सम्म २३ हजार ९ सय ६७ जनालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ । यस अवधिमा १७ हजार ६ सय ८५ महिला र ६हजार २ सय ८२ पुरुषले उक्त क्लिनिकबाट विशेषज्ञ स्वास्थ्य सेवा लिएका हुन् ।

udhok dadeldhura

धनगढी उपमहानगरको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीका अनुसार, १३ हजार ३ सय ५३ जनाले जनरल फिजिसियनबाट स्वास्थ्य सेवा लिएका थिए, जबकि ४ हजार ५ सय २६ महिलाले स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट र ६ हजार ८८ जनाले आँखाका रोगका विशेषज्ञबाट निःशुल्क सेवा प्राप्त गरेका छन् । यस सेवामा ७० वर्ष भन्दा माथिका ४ हजार ३ सय २० जना वृद्ध नागरिकले पनि स्वास्थ्य सेवा लिएका छन् ।

वडा स्वास्थ्य क्लिनिकमा बिरामीको निःशुल्क जाँच र औषधिको वितरण पनि गरिएको छ, जसले स्थानीय समुदायलाई स्वास्थ्य सेवामा ठूलो राहत पुर्याएको छ । यस पहलले स्वस्थ जीवनशैली र चिकित्सा उपचारमा पहुँच बढाउन मद्दत पुर्याएको छ ।

Loading...