घ वर्ग इजाजत पत्र नविकरण गर्न छुटेका व्यवसायहरुको हकमा नविकरण गर्न बेदकोट नगरपालिकाको अनुरोध

प्रकाशबहादुर बोहरा/अत्तरिया- कञ्चनपुरको बेदकोट नगरपालिका अन्तर्गत दर्ता रहेका घ वर्ग इजाजत पत्र नविकरण गर्न छुटेका व्यवसायहरुको हकमा नगरपालिकाले नवीकरण गर्न अनुरोध गरेको छ ।

नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै नविकरण गर्न छुटेका व्यवसायहरुको हकमा २०८१ पुस २९ गते बसेको नगर सभाबाट एक पटकका लागि नियमानुसारको दस्तुर तिरी व्यवसाय नविकरण गर्ने निर्णय भएकाे सूचनामा उल्लेख गरिएको छ ।

Navadurga sun

नगरपालिकाले माघ ७ गते सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र ‘घ’ वर्गको इजाजत पत्र नविकरण गर्न छुट भएका ‘घ’ वर्ग इजाजत पत्र प्राप्त व्यवसायीहरुले आवश्यक कागजात सहित नविकरणका लागि निवेदन पेश गर्न भनिएको छ ।
नविकरण गर्न व्यवसायिहरुले 
पेश गर्नुपर्ने कागजातहरुः
१. फर्मको लेटरप्याडमा निवेदन-१
२. कर चुक्ता प्रमाण पत्र-१०
३. ‘घ’ वर्गको इजाजत पत्र सक्कलै-१

ADD Khali jpg
ADD Khali jpg
Loading...