वेदकोटमा पाँचौँ नगर स्तरीय तथा १५ औँ  राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

कञ्चनपुर- पाँचौं वेदकोट नगर स्तरीय तथा १५औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सुरु भएको छ । बेदकोट नगरपालिका ६ सिसैया स्थित भुवनेश्वरी माध्यमिक विद्यालय सुरु प्रतियोगिताको उद्‌घाटन सत्र नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यता एवम् नगर खेलकुद विकास समिति अध्यक्ष प्रजापति भट्टको सभापतित्वमा सम्पन्न भएको हो ।

प्रतियोगिताको वेदकोट नगरपालिकाका नगरप्रमुख बोहराले उ‌द्घाटन गर्नु भएको हो । प्रतियोगिताको उ‌द्घाटन गर्दै नगरप्रमुख बोहराले स्वास्थ्यका लागि खेलकुद अनिवार्य रहेको बताए । विद्यार्थी भित्र रहेको प्रतिभा र क्षमतालाई प्रस्फुटन गर्नका लागि यस्तो प्रतियोगिताको महत्त्वपूर्ण भूमिका रहने बताउँदै यसलाई विशुद्ध विद्यार्थीको प्रतिभासँग जोडेर हेर्न पर्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि नगर उप-प्रमुख तुलसी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्ट, ओलम्पियन डम्बर दत्त भट्ट रहेका छन् ।  अतिथिहरूमा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, पत्रकार लगायत स्थानीय विद्यार्थीहरूको उपस्थिति रहेको थियो । 

त्यसैगरी उपप्रमुख जोशीले यस्ता प्रतियोगिताबाट नै राष्ट्रलाई चाहिने खेलाडी उत्पादन हुने बताइन् । प्रतियोगितामा वेदकोट नगरका १२ सामुदायिक र ८ निजी विद्यालयका विद्यार्थीहरु बिच विभिन्न खेलकुद विद्यामा प्रतिस्पर्धा हुनेछ। 

कार्यक्रमको संचालन भुवनेश्वरी माध्यमिक विद्यालयका बि.बि.स अध्यक्ष प्रबिन बोगटीले गरेका थिए । शुक्रबारसम्म सञ्चालन हुने नगर स्तरीय खेलकुद प्रतियोगिताका विजेता विद्यालयका खेलाडीलाई प्रमाणपत्र र मेडल सहित ट्रफी समेत प्रदान गरिनेछ ।

Loading...