कञ्चनपुरबाट लागूऔषध सहित एक जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरबाट लागूऔषध सहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको  भीमदत्त नगरपालिका–९ ब्रहमदेवबाट सोही ठाउँ बस्ने  ३० वर्षीय प्रेम सिह नायक पक्राउ परेका हुन् ।

नायकलाई शुन्य दशमलव ४२ ग्राम लागूऔषध र खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ४ दशमलव ३१ ग्राम सहित इलाका प्रहरी कार्यालय ब्रह्मदेव, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

Loading...