कैलाली- कैलालीमा मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।
जिल्लाको भजनी नगरपालिका–७ चर्रामा से ६ प ३३५७ नम्बरको मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१००९ प ९२१३ नम्बरको मोटरसाइकल सोमबार एक आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।
घाइते हुनेमा २२ वर्षीय गुड्ड चौधरी, २४ वर्षीय प्रकाश चौधरी र २८ वर्षीय बम्बल चौधरी रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।