दार्चुला- दार्चुलामा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।
जिल्लाको व्यास गाउँपालिका–२ दुम्लिङ चौराह स्थित घट्टेखोलामा घाँस काट्ने क्रममा जङ्गली जनावर चितुवाले आक्रमण गर्दा ३५ वर्षीया महिला घाइते भएकी हुन् ।
घाइते महिलाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।