विश्वज्योति महिला सहकारी संस्थाको २२औं बार्षिक साधारण सभा सम्पन्न

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–५ स्थित विश्वज्योति महिला विकास बहुउद्देश्य सहकारी संस्थाको २२औं वार्षिक साधारण सभा तथा सार्वजनिक सुनवाई कार्यक्रम  सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रम गरेर संस्थाले साधारण सभा सम्पन्न गरेको हो ।  

उक्त संस्थाकी अध्यक्ष खेमादेवी ओझाको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक प्रदेश प्रमुख दिनेश गेलाल प्रमुख अतिथि रहेका  थिए। गेटा आधारभूत स्वास्थ्य चौकी प्रमुख भक्त सिंह बिक विशिष्ट अतिथि थिए । कार्यक्रमको सञ्चालन यस संस्थाकै सचिव लक्ष्मी भट्टले गरिन भने संस्थाकै उपाध्यक्ष बेलु पार्कीले स्वागत मन्तव्य प्रस्तुत गरिन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गेलालले संस्थाले यस वर्ष नाफा आर्जन गर्न नसके पनि अर्को वर्ष आम्दानी गर्न सफल रहने बताउनु भयो महिलाहरू पनि केही गर्छन् भन्ने सन्देश यस महिला सहकारीले दिएको बताउँदै आफ्नो सहयोग यस संस्थालाई सधैं रहने बताउनु भयो ।

यस संस्थामा तीन जना कर्मचारीहरू छन् भने ८ सय ९७ जना शेयर सदस्यहरू रहेका छन्। संस्थाको २०८१ को सेयरपुँजी १ करोड ४२ लाख ५४ हजार ४१५ रहेको छ । संस्थाको निक्षेप रकम ५ करोड ४५ लाख ८० हजार २३५ रहेको छ । संस्थाले जम्मा कारोबार १० करोड ५७ लाख ३१ हजार १४२ रुपैयाँ गरेको छ । 

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विशिष्ट बचतकर्ता विशिष्ट ऋणीहरू लाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै वक्ताहरूले यो सहकारी स्थानीय महिलाहरूको सहकारी भएकाले यो सहकारीले गल्ती गर्छ । अथवा भागेर जान्छ भन्ने कुरा गलत हुने र संस्थाका कर्मचारीहरू शेयर सदस्यहरू सबै मिलेर यस सहकारीलाई अगाडि बढाउनु पर्ने बताएका थिए ।

Loading...