चुरे गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

अत्तरिया-  चुरे गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । श्री मेलकट्टेस्वर माध्यमिक विद्यालय चुरे ६ बयलाका बि व्य स अध्यक्ष दान बहादुर महराको सभापतित्वमा संचालन भएको प्रतियोगितामा प्रमुख अतिथि चुरे गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटी रहेका थिए । 

उद्घाटन समारोहमा अध्यक्ष बोगटीले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै खेलकुदका माध्यमबाट विद्यार्थीको समग्र विकास गर्नुपर्ने बताए । उनले खेलाडीहरूको प्रोत्साहनका लागि खेलमैदान निर्माण, खेल सामग्रीको वितरण तथा विद्यालय स्तरमै खेलकुदलाई उच्चस्तरमा पुर्याउन चुरे गाउँपालिका प्रतिवद्ध रहेको बताएका हुन् । पालिका स्तरकै नमुना रंगशालाको निर्माणको तयारी समेत भइरहेको जानकारी समेत दिनु भएको छ ।

Navadurga sun

त्यस्तै विशिष्ट अतिथि चुरे गा पा उपाध्यक्ष धना देवी थापा राजनीतिक दल प्रतिनिधि, सुरक्षाकर्मी, विद्यालय प्रधानाध्यापक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, पत्रकार, युवा क्लब का अध्यक्ष, सामुदायिक वनका प्रतिनिधि, विद्यालयका विद्यार्थीहरू लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य विद्यालय प्रधानाध्यापक बम ब खत्रीले गरेका थिए । 

गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चुरे–६ बयलामा रहेको मेलकट्टेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको प्रतियोगिता ३ दिन सम्म सञ्चालन हुने छ । राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिताबाट छनौट भएका खेलाडीहरू जिल्लास्तरको खेलकुदहरूमा सहभागिता जनाउने छन् ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...