लागूऔषधसहित ५ जना पक्राउ

धनगढी । कैलालीको धनगढीबाट लागू औषध सहित ५ जना पक्राउ परेका छन् । बुधवार धनगढी उपमहानगरपालिका – १ शिव नगरबाट स्थानीय १९ वर्षीय सुरज थापा ५० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ परेका छन् ।

यस्तै बुधवार नै धनगढी उपमहानगरपालिका – ९ बङग्राकटानबाट स्थानीय २६ वर्षीय डम्बर ठगुन्ना १३० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

यस्तै बिहीबार बिहान धनगढी उपमहानगरपालिका – ९ वडा कार्यालय नजिकबाट लागू औषध सहित भीमदत्त नगरपालिका – १० का २६ वर्षीय तपेन्द्र पाली, भीमदत्त नगरपालिका – ९ का २५ वर्षीय महेश ओड र भीमदत्त नगरपालिका – १८ का २७ वर्षीय नवल बोहरा पक्राउ परको छन् ।

सुपप्र ०२–००३ प ५२०६ नम्बरको मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्दा मोटरसाइकलमा सवार तीन जनाको साथबाट १ ग्राम ९१० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

Loading...