कृष्णपुरमा १५ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सुरु

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिका स्तरीय १५ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता म‌ंगलबार बाट सुरु भएको छ । 

कृष्णपुर नगरपालिका वडा नम्बर २ स्थित श्री सरस्वती माविको खेलमैदानमा सुरु भएको राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको एक भव्य समारोहका बिच नगर प्रमुख हेमराज ओझाको अध्यक्षतामा सुरु भएको प्रतियोगिताको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री माननीय बहादुर सिंह थापाले पानसमा बत्ती बालेर उद्‌घाटन गरेका हुन् । राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता ३ दिनसम्म संचालन हुने आयोजक नगरपालिकाले जनाएको छ । 

Navadurga sun

उक्त उद्घाटन समारोहमा नगर उप प्रमुख द्रोपती राना, वडाका वडा अध्यक्षहरु, बिभिन्न शाखामा कार्यरत कर्मचारी, विद्यालयका प्रधानाध्यापक, शिक्षक, बिद्यार्थी, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो । 

ADD Khali jpg
ADD Khali jpg
Loading...