सुदूरपश्चिम प्रदेशका स्वास्थ्य दूतमा उपाध्याय नियुक्त

धनगढी- सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले दीपकप्रसाद उपाध्यायलाई स्वास्थ्य दूतमा नियुक्त गरेको छ ।

उपाध्याय नेपाली हेडलाइनका सहसह-सम्पादक हुन् । कैलालीको धनगढीका उपाध्यायले हालसम्म १०७ पटक रक्तदान गरिसकेका छन् ।

मन्त्रालयले स्वास्थ्यसम्बन्धी जनचेतना अभियान र रक्तदान कार्यक्रममा नेतृत्वदायी भूमिका निर्वाह गरेबापत उपाध्यायलाई स्वास्थ्य दूतमा नियुक्त गरेको जानकारी दिएको छ ।

यससँगै, आइतबार आयोजित एक कार्यक्रममा उपाध्यायलाई सम्मान गरिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले सरकारी अस्पतालहरूमा निःशुल्क रगत सेवाको सुरुवात कार्यक्रममा उपाध्यायलाई सम्मानपत्र हस्तान्तरण गरे ।

Loading...