नेपालमा एक वर्षमै ४९ अर्बका स्मार्टफोन आयात, चीन र भारतको बजारमा दबदबा

काठमाण्डौं- नेपालमा स्मार्टफोनको प्रयोगसँगै आयात पनि तीव्र रूपमा बढेको छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालले २२ लाख ६७ हजार ४ सय १९ थान स्मार्टफोन आयात गरेको छ, जसको कुल मूल्य ४८ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ पुगेको छ। यसबाट सरकारले ९ अर्ब ८ करोड २३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा स्मार्टफोन आयात परिमाणमा सामान्य वृद्धि भए पनि आयात मूल्य र राजस्व उल्लेख्य रूपमा बढेको छ। यसले नेपाली बजारमा महँगा तथा प्रिमियम स्मार्टफोनको माग बढ्दै गएको संकेत गरेको छ।

Navadurga sun

देशअनुसार हेर्दा चीन नेपालमा स्मार्टफोन आयातको सबैभन्दा ठूलो स्रोत बनेको छ। गत वर्ष चीनबाट मात्रै ३६ अर्ब ७९ करोड २७ लाख रुपैयाँ बराबरका १८ लाख ८९ हजार ६ सय ६४ थान स्मार्टफोन आयात भएका छन्।

दोस्रो स्थानमा भारतबाट १० अर्ब ९९ करोड ६ लाख रुपैयाँ बराबरका ३ लाख ६४ हजार ८ सय ४२ थान स्मार्टफोन भित्रिएका छन्। भन्सार तथ्यांकअनुसार व्यावसायिक रूपमा आयात हुने स्मार्टफोनमध्ये ९९ प्रतिशतभन्दा बढी हिस्सा चीन र भारतबाट मात्रै आउने गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...