देशभरि झन्डै ८० प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि

साउन पहिलो सातासम्म देशभरि झन्डै ८० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विभागका अनुसार ७ साउनसम्म देशभर १३ लाख ७३ हजार ८६२ हेक्टर धान खेतीयोग्य जमिनमध्ये १० लाख ९० हजार ३३६ हेक्टर अर्थात् ७९.३६ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको छ।

प्रदेशगत रूपमा सुदूरपश्चिम सबैभन्दा अगाडि रहेको छ, जहाँ कुल १ लाख ६२ हजार २५० हेक्टरमध्ये ९०.६७ प्रतिशत क्षेत्रमा धान रोपिएको छ। कोशी प्रदेशमा ७३.९४ प्रतिशत, मधेशमा ७८.६० प्रतिशत, लुम्बिनीमा ८०.६५ प्रतिशत, बागमतीमा ७७.३३ प्रतिशत, गण्डकीमा ७८.३६ प्रतिशत र कर्णालीमा ७७.०५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ।

Navadurga sun

देशको प्रमुख अन्नभण्डार मानिने मधेश प्रदेशमा यस वर्ष रोपाइँको गति उल्लेखनीय रूपमा बढेको छ। गत वर्ष ११ साउनसम्म त्यहाँ ५१.८२ प्रतिशत मात्रै रोपाइँ भएको थियो भने यस वर्ष सोही अवधिमा ७८.६० प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ।

समग्रमा, गत वर्ष ११ साउनसम्म देशभर ७८.८४ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष ७९.३६ प्रतिशत पुगेको छ, जसले अघिल्लो वर्षको तुलनामा धान रोपाइँमा सामान्य सुधार देखिएको संकेत गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...