डोटी- डोटीको जोरायल गाउँपालिका-३ पातलमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । ३९ वर्षीया भूमिसरा खड्काको आज (सोमबार) बिहान भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।
बिहान घरनजिकैको जंगलमा घाँस काट्न गएकी खड्का घाँस काट्ने क्रममा खोलामा खसेकी थिइन् । भिरबाट खसे लगत्तै उनको मृत्यु भएको हो । मृतकका श्रीमान, दुई छोरा र दुई छोरी रहेका छन् ।