कैलारीको एक गोठमा आगलागी

धनगढी- कैलालीको कैलारी गाउँपालिकाको एक गोठमा आगलागी भएको छ ।

कैलारी गाउँपालिका–५ छोट्कीपलिया स्थित दक्षिण टोल बस्ने रामदास चौधरीको गोठमा विद्युतको तार सर्ट भई आगलागी भएको हो ।

आगलागी हुँदा गोठ भित्र रहेका खद्यान्न, सोलार ब्याट्री लगायतका सामान गरी अन्दाजी १ लाख पचास हजार बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ । आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ ।

Loading...