धनगढीका भित्री सडकमा ‘रोप लाइट’ जडान गरियो

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले उज्यालो धनगढी अभियानलाई तीव्रता दिएको छ ।

सुरुमा मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रमा लाइट जडान गरेको उपमहानगरपालिकाले त्यसपछि क्याम्पस रोड हुँदै उज्यालो धनगढी अभियानलाई निरन्तर अगाडी बढाएको छ । सोही क्रममा धनगढी उपमहानगरपालिका–२ गुल्म–एसपीए भएर चौराहसम्मको सडक खण्डमा पनि सडक बत्तीका पोलहरूमा रोप लाइट जडान गरिएको छ ।

नगर उपप्रमुख कन्दकला रानाले सो सडक खण्डमा जडान गरिएका रोप लाइट बालेर उद्घाटन गरेकी छन् । धनगढी उपमहानगरपालिकाले सहिद गेटदेखि क्याम्पस रोडसम्म रहेको सडक खण्डमा सडक बत्तीका पोलहरूमा लगाइएका रोप लाइट हिजो (शुक्रकार) एक कार्यक्रमकाबिच नगर उपप्रमुख रानाले उद्घाटन गरेकी हुन् ।

सो अवसरमा उपमहानगर भित्र कार्यरत कर्मचारी, पदाधिकारी लगायत नगरवासीको समेत उत्साहपूर्ण सहभागिता रहेको थियो । उपमहानगरपालिकाले धनगढीका प्रत्येक सडक खण्डमा रात्रीकालिन बत्ती जडान गरेर उज्यालो धनगढी बनाउने योजनालाई क्रमिक रुपमा कार्यान्वयन गर्दै आएको छ ।

Loading...