कञ्चनपुरबाट १० जना जुवाडे पक्राउ

कञ्चनपुर-  कञ्चनपुरबाट १० जना जुवाडे पक्राउ परेका छन् ।

जिल्लाको बेदकोट नगरपालिका १० सिसैयाका ३३ वर्षीय बिक्रम बोहराको घरको माथिल्लो तलामा जुवातास खेलिरहेको अवस्थामा बोहरा सहित १० जनालाई प्रहरीले सोमवार पक्राउ गरेको हो ।

प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले नगद १८ हजार ४२२ र ३ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Loading...