लागूऔषध र चोरी मुद्दामा फरार २ जना पक्राउ

धनगढी- लागूऔषध र चोरी मुद्दामा फरार रहेका धनगढीका २ जना पक्राउ परेका छन्।

चोरी मुद्दामा १ वर्ष कैद सजाय र ५ हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका–९ बङ्ग्राकटान बस्ने २१ वर्षीय विक्रम धामी र लागूऔषध मुद्दामा १ महिना १९ दिन कैद सजाय र ३० हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका–९ बङ्ग्राकटानकै २५ वर्षीय रमेश जोशी पक्राउ परेका हुन्।

Navadurga sun

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई आइतवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...