गोदावरी बहुउद्देश्यीय सहकारी सँस्थाको छैठौं वार्षिक साधारण सभा सम्पन्न

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका १ अतरियामा रहेको गोदावरी बहुउद्देश्यीय सहकारी सँस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सँस्थाले शनिबार अत्तरियाको प्रतिभा सामुदायिक पुस्तकालयमा सम्पन्न गरेको हो ।

Ganyapdhura gau

संस्थाका अध्यक्ष नयनसिंह कार्कीको सभापतित्वमा भएको साधारण सभामा यस संस्थाका संस्थापक उपाध्यक्ष लाल बहादुर दियाल प्रमुख अतिथि  रहेका थिए

Navadurga sun

त्यस्तै विशिष्ट अतिथिमा गोदावरी नगरपालिका सहकारी विभाग प्रमुख दिव्यराज जोशी रहेका थिए । कार्यक्रमको सञ्चालन संस्थाकै सचिव धर्मसिं कुवरले गरेकाे कार्यक्रममा स्वागत मन्तव्य यस संस्थाकै उपाध्यक्ष ललिता पाठकले प्रस्तुत गरिन् । 

Dadhaldhura pur

२०७५ असोज ८ गते विधिवत रुपमा दर्ता भई ८ लाख ७५ हजारको कारोबारबाट औपचारिक रुपमा गोदावरी आधुनिक कृषि सहकारी संस्था लिमिटेडको नामबाट शुभारम्भ गरेको यस संस्थाले यस अवधिमा विभिन्न परिस्थितिका बावजुद पनि उत्कृष्ट सेवा प्रदान गर्दै जाँदा हाल थप उद्देश्यहरूलाई अगाल्दै गोदावरी बहुउद्देश्य सहकारी संस्था लिमिटेडको रुपमा २०७९ चैत २० गतेबाट कार्य शुभारम्भ गरेको थियो ।

संस्थामा हाल ७ जना कर्मचारीहरू रहेका छन् । यस संस्थाले १ करोड ५७ लाख भन्दा माथिको कारोबार गर्न सफल भएको छ । संस्थाको सेयरपूँजी यही असार मसान्त सम्ममा ४० लाख ३७ हजार ६०० पुगेको छ। संस्थाको खुद बचत तर्फ यस वर्ष संस्थाको सम्पूर्ण खर्चहरू कटाएर कर सहित ५५ लाख ३४ रुपैयाँ बचत भएको छ । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि दियालले संस्था सानै भएपनि संस्थाले प्रगति गरिरहेको र यस संस्थालाई सबैले सहयोग गर्नुपर्ने संस्थामा ढुक्क भएर कारोबार गरेर यसलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्षले यो संस्थाले छिटै प्रगति गर्ने र सदस्यहरू बढाउने सेवाहरू थप गर्ने र सबैका सुझावहरूलाई ध्यानमा राखी कार्य र प्रगति गर्दै जाने बताउनुभयो ।

यो स्थानीय सहकारी संस्था भएको र यस संस्थाका सबै पदाधिकारीहरू स्थानीय नै भएकोले संस्थाले गल्ती गर्ला भनेर नडराउनु पर्ने देखिन्छ नगरपालिका जस्ता निकायले पनि सहकारीहरूलाई सहयोग गर्न नहिच्किचाउनु पर्ने देखिएको बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...