

सन्तोष पाण्डेय / अत्तरिया- बरिष्ठ कलाकार /सर्जक चर्चित देउडिया माधव बिष्ट ” श्रीकाेटि” को “दर्शन छ ढोग दिया” नामक देउडा गीत सार्वजनिक भएको छ ।


मातृभाषा , मातृभुमि र भक्तिपूर्ण डेउडा गीत “दर्शन छ ढाेग दिया” काे शब्द सिर्जना भांषा /कला /संस्कृति संरक्षणका अभियान्ता अर्थात बहुचर्चित देउडिया , सर्जक माधव बिष्ट को रहेको छ । उक्त गीतमा ऐरेन्ज रिजन वडु र स्वर बरिष्ठ कलाकार भुवन बडु र चर्चित बाल गायिका कल्पना बिष्ट ,राजेन्द्र बाजुराली, लक्ष्मि नेपाली, संगिता बडुवाल को रहेकाे छ । बिहीबार माधव बिष्ट युटुब च्यानल मार्फत गीत सार्वजानिक गरिएको हो ।


समय सान्दर्भिक यो गीत अहिले विभिन्न सामाजिक सञ्जालहरुमा हाम्रो भाषा का पबित्र शब्द र माैलिक सस्कार लाई हाेच्याउने र अपहेलित हुने गरि ढाेग दिया लगायत का सम्मानजनक शब्दहरुकाे हेला अर्थात दुरुपयाेग भइरहेकाे समयमा हाम्राे भांषा, कला, साहित्य र संस्कृति, तथा जन्मभुमि र जन्मदाता आमा बुवा सबै समान र पुजनिय दर्जामा राखि सम्मान गर्ने हाम्राे परम्परा र संस्कारकाे संरक्षण र प्रबर्द्धन गर्न प्रेरित गर्ने उद्देश्य का साथ यो देउडा गीत तयार तयार पारिएकाे कलाकार श्रीकाेटि ले बताएका छन ।


आफ्ना मान्यजनहरु प्रति आदर र सम्मानका साथ ढाेग्दै आत्मियता र शिर झुकाइ डण्डाेवत गर्ने हाम्राे पवित्र सस्कारलाइ सामाजिक सञ्जालमा ब्यङ्ग्यात्मक तरिकाले प्रयाेग गरि भांषा र सभ्यताकाे धज्जि उडाउने किसम ले गाइभैसि कुकुर बिराला सम्मलाइ पनि ढाेग दिएकाे अभिनय गर्दै गरेको देख्दा दुख प्रकट गरि सामाजिक सञ्जाल मा स्टाटस लेखिरहने र अउपचारिक र अनाैपचारिक कार्यक्रम हरुमा समेत दराे ढंगले याे बिषय काे उठान गरिरहेका कला संस्कृति संरक्षण का अभियान्ता माधब बिष्ट ले थप यो गित निर्माण गरि बजारमा दिएका छन।
यस बिषयमा बिस्टले पटकपटक सामाजिक संजालमा स्टाटस मार्फत सचेतता गराइरहदा पनि सम्बन्धित निकाय र संघ संस्थाहरु समेत निदाएका जस्तै याे बिषयमा कुनै पहलकदमि नगरेकाे दुखेसाे पाेख्दै ध्यान आकर्षक समेत गराएका छन। तत् पश्चात् अहिले कला सस्कृती प्रेमि र याे संग सम्बन्धि धेरै ले पनि आफ्ना लेखहरु र बिषय टेकेर लेखिरहेका छन ।
बैतडीमा जन्मिनु भएका बिस्टले बिगत तीन दशक देखि देउडा क्षेत्रमा अनवरत योगदान पुर्याउनु भएका छन । देउडा क्षेत्रकै लामाे इतिहास बोकेका कालजयि गित हरु सुदुरपश्चिम स्वर्गसरि , घर छैन आसुको, जम्काभेट , इजु,खोड्पे पाट्न हुदै हाल बजारमा रहेकाे सर्क बादल नामक देउडा गित काे सृजना सम्म पुग्दा सयौं गितमा कलम चलाउन भएका बिष्ट अभिनय संगै, प्रत्यक्ष डेउडा खेल (लाइभ डेउडा ) का “बादशाह” भनेर आफ्नाे पहिचान बनाउन भएकका छन ।
गित सुन्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ….

