कैलालीबाट भन्सार छलीका सामान बरामद

धनगढी- कैलालीको धनगढी र कैलारीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।

धनगढी उपमहानगरपालिका–३ चटकपुर, कैलारी गाउँपालिका–४ के गाउँ जङ्गल र गाउँपालिका–७ रामपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ६३ हजार ५१ बराबरको सामान बरामद गरिएको हो ।

Navadurga sun

उक्त स्थानबाट चिनी, अण्डा, बिडी, सुर्ती, फलामको किला, सिद्रा माछा, ट्राउजर, प्लाष्टिक झिल्ली, प्लाष्टिक डोरी लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...