जननौलो बिहानी कृषि सहकारी संस्थाको दशौँ औँ वार्षिक साधारण सभा सम्पन्न

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका ६ लालपुरमा रहेको जननौलो बिहानी कृषि सहकारी संस्था लिमिटेडको दशौँ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार साधनापथ एकेडेमीमा एक कार्यक्रमका बिच उक्त सहकारी संस्थाको दशौँ औँ साधारण सभा सम्पन्न भएको हो ।

Ganyapdhura gau

उक्त कार्यक्रममा संस्थाका अध्यक्ष बालकृष्ण ओझाको अध्यक्षतामा सञ्चालित भएको कार्यक्रममा गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकाया प्रमुख अतिथि रहनु भएको थियो ।

Navadurga sun

त्यस्तै विशिष्ट अतिथिमा जिप्रका कैलालीकी सहायक प्रजिअ किरण जोशी र वडा नम्बर ६ का वडा अध्यक्ष जग्गुराम चौधरी रहेका थिए । कार्यक्रमको सञ्चालन संस्थाकै लेखा सदस्य कृष्णराज पाठकले गरेका थिए भने स्वागत मन्तव्य संस्थाकै सचिव टेकराज ओलीले प्रस्तुत गरेका थिए । 

Dadhaldhura pur

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोकायाले सहकारी बनेको बचत गर्ने बानीको विकास गर्ने थलो भएको बताउनु भयाे । एकका लागि सबै र सबैका लागि एक भन्ने सहकारीको नारा भएकोले सहकारीमा सबैले आबद्ध हुनुपर्ने देखिन्छ ।’ उनले भनिन्,  कोभिडको बेला बैंकहरूले ऋण नदिए पनि सहकारीले ऋण दिएर गरिब वर्ग कृषक आदिलाई सहयोग गरेको थियो । सबै सहकारीहरूलाई नगरपालिकाले तालिमको व्यवस्था गरेको र सहकारीको सहयोगको लागि म र नगरपालिकाले सहयोग गर्न तत्पर रहने बताइन् । 

कार्यक्रमको समापन गर्दै सभापति ओझाले हाम्रो जननौलो बिहानी कृषि सहकारीले किसानहरूलाई तथा केही उद्यम गर्न रकम नपाएका व्यक्तिहरूलाई पनि रकम उपलब्ध गराई सहयोग गरेको र यो स्थानीय सहकारीमा कसैले पनि कारोबार गर्न नडराउनु पर्ने बताए । 

वि.सं. २०७१ साल पुष ९ गते २६ जना शेयर सदस्यहरुबाट सुरु भएको जननौलो बिहानी कृषि सहकारी संस्था लिमिटेडमा हाल १ हजार ४ सय ७५ जना शेयर सदस्यहरु रहेकाे उक्त संस्थामा ५ जना कर्मचारीहरु रहेका छन् ।

संस्थाले यस वर्ष १६ लाख नाफा गरेको संस्थाको कुल निक्षेप ४ करोड ८५ लाख रहेको संस्थाको यस वर्षको सम्पत्ति ७ करोड ९४ लाख रहेको यस संस्थाले गोदावरी नगरपालिका ४, ६, ७ र ८ नम्बर वडाहरूमा सेवा दिइरहेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...