नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी

कञ्चनपुर- नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा सुरेश धामी विजयी भएका छन् । धामीले ५८ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी राजेन्द्र अवस्थी ४६ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य विष्णु अवस्थीले जानकारी दिए। 

साथै उपाध्यक्ष खुलामा अमर बहादुर चन्द ६६ मत ल्याएर विजयी भएका छ भने उपाध्यक्ष महिला तर्फ धर्मा रोकायाले ६४ मत ल्याएर विजयी भए । सचिवमा कुन्दन पाण्डेय निर्विरोध निर्वाचित भएका छन् । सह–सचिव खुलामा गोकुल जोशीले ५६ मत प्राप्त गरी विजयी हुँदा सह–सचिव समावेशीमा किशोर कुमार तामाङ निर्विरोध निर्वाचित भएका हुन् ।

Navadurga sun

साथै कोषाध्यक्षमा मोहन बिष्ट ५५ मत ल्याएर विजयी भएका छन् । महिला सदस्यमा एश्वर्या कुवँर निर्विरोध निर्वाचित भएकी छिन् । दलित सदस्यमा धनबहादुर विकले ५२ मत प्राप्त गर्दा जनजाति आदिवासी सदस्यमा दानसिंह डगौरा (थारु) ५९ मतसहित विजयी भए । 

खुला सदस्यतर्फ केशव भट्टले ७९ मत, दिनेशराज ओझाले ५७ मत, धनबहादुर महताले ५४ मत, भवानीदत्त भट्टले ६३ मत, माधव पौडेलले ५६ मत, सुजित सिनालले ७४ मत, सुरेश भट्टले ६९ मत, हरिलाल जोशीले ५२ मत ल्याएर विजयी भएका छन् ।

निर्वाचनमा एक सय सात जनाले मतदान गरेका थिए । प्रदेश र केन्द्रका पदाधिकारीको मतगणनाको कार्य आज (शनिवार) १० बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ । केन्द्र र प्रदेश पार्षद भने निर्विरोध निर्वाचित भएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...