


धनगढी । कैलालीको खानिडाडा बजारबाट ८ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको चुरे गाउँपालिका–५ खानिडाडा बजारमा ३२ वर्षीय अर्जुन सापकोटाको घर कोठामा जुवातास खेलिरहेका अर्जुन सापकोटासहित ८ जना पक्राउ परेका हुन्।


उनी हरुलाई इलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरी टोलीले नगद ५५ हजार ९९० र ४ गड्डी ताससहित शुक्रवार राति ११ः१५ बजे पक्राउ गरेको जनाएको छ।





