गोदावरी नगरपालिकाद्वारा महिला स्वास्थ्य स्वयंसेविकाको सम्मान सहित बिदाइ

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसर पारेर नगरभित्र कार्यरत स्वास्थ्य स्वयंसेविकालाई बिहीबार विशेष सम्मान सहित ३ जना स्वयंसेविकालाई बिदाइ गरेको छ। नगरपालिकाले स्वास्थ्य क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउने ३९ जना स्वास्थ्य स्वयंसेविकालाई नगदसहित सम्मान गरेको हो।

३० वर्षे सेवा पुर्‍याएकालाई ५० हजार नगदसहित सम्मान
गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीका अनुसार, नगरपालिकाले ३० वर्ष सेवा पूरा गरेका स्वयंसेविकालाई प्रत्येक वर्ष नगद ५० हजारसहित सम्मान गर्दै आएको छ। यस वर्ष वडा नम्बर ८ की तुलसी चौधरी, वडा नम्बर ११ की भगवती देवी कुजेंडा, र वडा नम्बर ९ की उखाहरण देवी राना थारुलाई सम्मानस्वरूप नगद, प्रमाणपत्र र ५० हजारको चेक हस्तान्तरण गरिएको हो । भने पालिका भित्र उत्कृष्ठ काम गरेका प्रत्येक वडाका ३ जना गरी ३६ जना महिला स्वयंसेविकालाई नगद सहित सम्मान गरेको छ ।
नगरप्रमुख भट्ट: “स्वयंसेविकाको योगदान अमूल्य छ”
बिदाइ तथा सम्मान समारोहमा बोल्दै नगरप्रमुख बिरेन्द्र भट्टले ग्रामीण क्षेत्रमा सुत्केरी, बिरामी महिला र बालबालिकाको सेवामा क्रियाशील स्वयंसेविकाहरूले राज्यका लागि अमूल्य योगदान दिएको बताए। उनले भने, “स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो अनुभव समाजको हितमा बाँड्न सक्छन्। लामो समयसम्म निःस्वार्थ सेवा पुर्‍याएकोमा उनीहरूको योगदानको उच्च कदर गर्न पाउँदा खुसी लागेको छ ।”
नगरपालिकाकी उपप्रमुख शारदा रोकायाले सीमित स्रोतसाधनको अवस्थामा पनि स्वास्थ्य क्षेत्रमा सुधार गर्दै जाने क्रममा स्वयंसेविकालाई आगामी दिनमा प्राथमिकताका साथ सहयोग गर्ने प्रतीबद्धता जनाइन् ।

Navadurga sun

बिदाइ तथा सम्मान समारोहमा बोल्दै नगरप्रमुख बिरेन्द्र भट्टले ग्रामीण क्षेत्रमा सुत्केरी, बिरामी महिला र बालबालिकाको सेवामा क्रियाशील स्वयंसेविकाहरूले राज्यका लागि अमूल्य योगदान दिएको बताए। उनले भने, “स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो अनुभव समाजको हितमा बाँड्न सक्छन्। लामो समयसम्म निःस्वार्थ सेवा पुर्‍याएकोमा उनीहरूको योगदानको उच्च कदर गर्न पाउँदा खुसी लागेको छ ।”

नगरपालिकाकी उपप्रमुख शारदा रोकायाले सीमित स्रोतसाधनको अवस्थामा पनि स्वास्थ्य क्षेत्रमा सुधार गर्दै जाने क्रममा स्वयंसेविकालाई आगामी दिनमा प्राथमिकताका साथ सहयोग गर्ने प्रतीबद्धता जनाइन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...