धनगढी- सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सुशिल वैद्यको सरकारी निवासमा आगलागी भएको छ । सोमबार साँझ उनको निवासमा आगलागी भएको हो ।
विद्युत सर्ट भएर आगलागी भएपछि सिलिङमा क्षति पुगेको छ । आगलागीबाट ठूलो क्षति भने हुन पाएको छैन्।
अहिले वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको प्रहरीले टोलीले आगो नियन्त्रणमा लिइसकेको छ ।