धनगढीमा अटोको ठक्करबाट ४ जना घाइते

धनगढी- कैलालीको धनगढीमा अटोको ठक्करबाट ४ जना घाइते भएका छन् ।

Dadeldhura hospital

धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकमा गोदावरी–२ का धीरज बमले चलाएर रोकि राखेको बागमती प्रदेश ०१०२९च ५९३९ नम्बरको कारमा धनगढी–१ का प्रकाश दमाइले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ ह ६५२२ नम्बरको अटोले पछाडीबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

उक्त दुर्घटनामा परेर अटो चालकको अनुहारमा चोट लागेको छ । घाइते प्रकाशको निर्सग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै अन्य तीन जना भने सामान्य उपचारपश्चात डिस्चार्ज भइसकेका छन् ।

Loading...