कैलालीबाट मोबाईल कभर सहित भन्सार छलीका सामान बरामद

धनगढी- कैलालीबाट मोबाईल कभर सहित भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको धनगढी–३ ट्राफिक चौहारा र राजघाट, धनगढी–९ त्रिबेणीघाट, जोशीपुर–१ पिपरकोटी र जोशीपुर–३ लक्कडबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ७ लाख २२ हजार ५५२ मूल्य बराबरको सामान बरामद गरिएको हो।

Navadurga sun

उक्त मूल्य बराबरको चिनी, बिडी, मोबाईल कभर, तिलको तेल, पर्दा, पटाका लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट संयुक्त खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...