कालीगण्डकीमा डुबेर एकजना बेपत्ता

तम्घास । कालीगण्डकी नदीमा पौडी खेल्न क्रममा डुबेर एक जना बेपत्ता भएका छन्। कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्वेनीका ४९ वर्षीय दिपेन्द्र न्यौपाने बेपत्ता भएको वडा अध्यक्ष रेशमराज न्यौपानेले जानकारी दिए।

Dadeldhura hospital

कात्तिक २७ गते मङ्गलबार साँझ पौडी खेलेर नदि पार गरिदिन्छु भन्दै नदीमा पसेको दिपेन्द्र बेपत्ता भएको स्थानीयहरुले जनाएका छन्। दिपेन्द्रले मदिरा सेवन गरेर नदीमा पसेको हुन सक्ने अध्यक्षको भनाइ छ।

Navadurga sun
Godawari sandesh

दिपेन्द्रको खोजी कार्यका लागि पुर्तिघाट प्रहरी चौकी र स्थानीय युवाहरुको टोली परिचालन भएको र खोजी कार्य जारी राखिएको वडा अध्यक्ष न्यौपानेको भनाइ छ।

 

Loading...