कञ्चनपुर- कञ्चनपुरमा विद्यालय बसबाट खसेर गम्भिर घाइते भएका बालकको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका–५ का ८ वर्षीय अनमोल कुँवरको मृत्यु भएको हो ।
सोमबार उनी कृष्णपुर नगरपालिका–२ स्थित डायमण्ड ईङगलिस स्कुलको ना ३ ख ८१४६ नम्बरको बसबाट खसेर गम्भिर घाइते भएका थिए ।
भारतको लखनौंस्थित ईभिए अस्पतालमा उनको मङ्गलबार मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले बताए ।
सोमबार साँझ कुँवर सहितका विद्यार्थी ओसारेर बस अघि बढ्दा ठक्करले कुँवर घाईते भएका थिए । मृतक बालक कृष्णपुर नगरपालिका–२ बंक स्थित मामा घर बसेर उक्त बोडिङ्ग स्कुलमा पढ्दै आएका छन ।
आफन्तले चरम लापरवाही मापदण्ड विपरित विद्यालय बस संचालन भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । उक्त घटना बारे कञ्चनपुर प्रहरीले छानबिन भईरहेको जनाएको छ ।