


अत्तरिया- कैलालीको गोदावरीबाट झण्डै दुई लाख बराबरका भन्सार छलीका सामान बरामद गरिएको छ ।



गएराती इलाका प्रहरीक कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित भिमदत्त राजमार्ग सडकखण्डबाट लेडीज कपडा, आन्टी सुपारी, सुपरपावर वीडी, चिनी, बदाम लगायतका अन्दाजी एक लाँख बयानब्बे हजार आठ सय पचास मुल्य बराबरका भन्सार छली गरी ल्याइएका समान बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।


बरामद गरिएका सामान इलाका प्रहरी कार्यालय मालाखेतीमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





