चलचित्र ‘१२ गाउँ’ ले बनायो बक्सअफिसमा नयाँ रेकर्ड

काठमाडौँ- एक्सन स्टारको उपमा पाएका नायक विराज भट्टको नयाँ फिल्म ‘१२ गाउँ’ले बक्सअफिसमा नयाँ रेकर्ड बनाएको छ।

रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ४’ रेकर्ड तोड्दै यो फिल्म सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको हो। यस फिल्मले चार सातामा २५ करोड ५० लाख कमाइ गरेको निर्माण टिमले जनाएको छ। जुन कलेक्सन यसअघिकै सर्वाधिक कमाइ गर्ने फिल्म ‘कबड्डी ४’को लाइफटाइम कलेक्सनभन्दा बढी हो।

Navadurga sun

यस फिल्मले नेपालभर जम्मा २५ करोड हाराहारीमा कमाइ गरेको निर्माण टिमको जनाएको थियो। एक्सन प्रधान यो फिल्म विराजका छोरा समीर भट्टको डेब्यु फिल्म हो। एक्सन हिरोका रूपमा उदाएको भन्दै समीरले तारिफ बटुलिरहेका छन्।

समिरले १० वर्षदेखि भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिएर फिल्म खेलेका हुन्।

फूलपातीको अवसरमा असोज २४ गते ‘१२ गाउँ’ सहित ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँसाब’ रिलिज भएका थिए। विराजकै निर्देशनमा बनेको यस फिल्मबाट समीरसहित दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गरेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...