

कञ्चनपुर- कञ्चनपुरमा एकै दिन ३० जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको बेदकोट नगरपालिका–४ बगुनका ४६ वर्षीय ईश्वर भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्ट सहित २० जनालाई सोमवार बिहान प्रहरीले पक्राउ गरेको हो ।



जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलिले उनीहरूलाई ३६ हजार ९८ रूपैयाँ र ६ गड्डी ताससहित पक्राउ गरेको हो ।


यस्तै कृष्णपुर नगरपालिका–९ राजघाटस्थित यज्ञबहादुर महराको मदिरा पसलमा जुवातास खेलिरहेको अवस्थामा कृष्णपुर–९ राजघाटका ५० वर्षीय जियाराम चौधरी समेत १० जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलिले उनीहरूलाई नगद १३ हजार २ सय १० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।





