ह्रस्व-दीर्घ कात्तिक ३० देखि प्रदर्शनमा

धनगढी- सुदूरपश्चिम जन्मथलो रहेका निर्देशक चन्द्र पन्तको निर्देशन रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ कात्तिक ३० गते प्रदर्शन हुने भएको छ।

सोमबार धनगढीमा निर्देशक पन्तले पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल र भारतका लोकप्रिय कलाकारहरूले अभिनय गरेको फरक कथावस्तुका साथ चलचित्र ह्रस्व दीर्घ प्रदर्शनमा आउन लागेको बताए। ज्योतिष हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाको अभिनय रहेको चलचित्र नेपाल र भारत लगायत विभिन्न देशमा नेपाली,हिन्दी र अन्य भाषामा पनि प्रदर्शन हुने निर्देशक पन्तले जानकारी गराएका हुन्।

Navadurga sun

अभिनेता तथा नेपाली चलचित्र इतिहासमै फरक कथावस्तु समेटेर तयार गरिएको चलचित्रले नेपाली समाजको वास्तविकता झल्काउने निर्देशक पन्तको भनाई छ। अभिनेत्री विपना थापा पनि लामो समयपछि यही फिल्म मार्फत् फेरि देखिँदैछन्।

चन्द्र पन्तको निर्देशन रहेको यस चलचित्रमा हरिहर र नीतासँगै, चर्चित दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम, बलिउड कलाकार प्रदीप रावतसँगै गरिमा शर्मा, प्रशान्त ताम्रकार, सरोज खनाललगायतको अभिनय छ। विश्वकै ठूलो मनिएको भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौँमा चलचित्रको छायाङ्कन गरिएको छ।

अभिनेता हरिरहरद्वारा लिखित कथामा आधारित यो फिल्ममा बलिउड छायाँकार कवीरलालको छायाङ्कन, मित्र डी गुरुङको सम्पादन, रामजी लामिछाने र बलिउड कोरियोग्राफर शुष्मा सुमनको कोरियोग्राफी छ। यो फिल्म नीता फिल्म्सको ब्यानरमा निर्माण भएको हो। चलचित्रका निर्देशक पन्तले थुर्पै नेपाली चलचित्र सहित दर्जनौँ भोजपुरी चलचित्रहरू निर्देशन गरिसकेका छन् । 

ADD Khali jpg
ADD Khali jpg
Loading...