मोटरसाइकलको ठक्करबाट कैलालीमा पैदल यात्रीको मृत्यु

धनगढी- कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका १० को पहमानपुरमा सु प प्र ०१०११ प ४६४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँ बस्ने ५४ वर्षीय डम्मरा वलीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी कवीन्द्र सिंह बोहोराले मोटरसाइकलको ठक्करबाट गम्भरी घाइते ओलीको उपचारका क्रममा निसर्ग अस्पतालमा मृत्यु भएको बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

उनका अनुसार मोटरसाइकल र चालक २५ वर्षीय हेमन्त सापकोटालाई नियन्त्रण लिइएको छ । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

Loading...