कैलालीबाट खैरो हिरोइन सहित ५ जना पक्राउ

धनगढी- कैलालीबाट खैरो हिरोइन सहित ५ जना पक्राउ परेका छन् ।

टीकापुर नगरपालिका–२ सितापुर स्कुल  नजिकबाट लागूऔषध (खैरो हेरोईन) सेवन गरिरहेको अवस्थामा सोही ठाउँ बस्ने २३ वर्षीय निराजन रावल, टीकापुर नगरपालिका–१ बस्ने २२ वर्षीय निर्मल शाही, २२ वर्षीय भरत कुवँर, २३ वर्षीय दमन ढुंगाना र २१ वर्षीय सचिन भण्डारी बिहीवार पक्राउ परेका हुन् ।

Navadurga sun

यी पाँचै जनालई २८० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले फेला पारि नियन्त्रणमा लिएको हो । 

ADD Khali jpg
ADD Khali jpg
Loading...