कञ्चनपुरमा एक अटो सर्भिसमा आगलागी

कञ्चनपुर- कञ्चनपुरमा एक अटो सर्भिसमा आगलागी भएको छ ।

Dadeldhura hospital

बेदकोट नगरपालिका–६ सिसैयामा मान बहादुर चौधरीले सञ्चालन गरेको त्रिलोक अटो सर्भिसमा गएराति ९ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

सर्भिसमा विद्युतको तार सर्ट भई आगलागी हुँदा अटो सर्भिस भित्र रहेका नगद र अन्य समान सहित अन्दाजी  २० लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिई सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Loading...