१४ जना जुवाडे पक्राउ

धनगढी । कैलाली र अछामबाट १४ जना जुवाडे पक्राउ परेका छन्। कैलालीको लम्कीचुहा नगरपालिका–१ थकालिपुर स्थित ३३ वर्षीय तारा शर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा शर्मासहित ८ जना जुवाडे पक्राउ परेका हुन्।

यी आठ जनालाई नगद २७ हजार ५५० र १ गड्डी ताससहित इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।यसैगरी कास्की घर भई हाल अछामको मंगलसैन नगरपालिका–५ मंगलसैन स्थित होम नाथ अधिकारीले सञ्चालन गरेको गण्डकी शिर्ष बाबु होटल एण्ड लजको कोठामा जुवातास खेलिरहेको अवस्थामा मंगलसैन नगरपालिका–४ बस्ने २७ वर्षीय कमलबहादुर शाहीसहित ६ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन्। ६ जनालाई नगद ६९ हजार ६५५, मोबाईल ७ थान र १ गड्डी ताससहित जिल्ला प्रहरी कार्यालय अछाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...