


कैलाली- कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।



जिल्लाको टीकापुर नगरपालिका–८ बटनपुर र श्रीलंका स्थित सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका करिब ६३ हजार ६४० मूल्य बराबरको सामान प्रहरीले बरामद गरेकोे हो ।


उक्त मूल्य बराबरको चिनी, नरिवल, ग्याँस चुलो, डिस्पोजल पिलेट, साईकलको टायर, साईकलको ट्युव, कस्मेटिक लगायतका सामान इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।





