लागूऔषधसहित ५ जना पक्राउ

धनगढी । कैलालीको विभिन्न स्थानबाट लागूऔषधसहित ५ जना पक्राउ परेका छन्। भजनी नगरपालिका–५ लालबोजीबाट सोही नगरपालिका-२ रजबारा बस्ने २२ वर्षीय रुपेश बिक र घोडाघोडी नगरपालिका–४ सिमथरी बस्ने २१ वर्षीय कुसल गिरी लागूऔषधसहित पक्राउ परेका हुन्।

यी दुबै जनालाई इलाका प्रहरी कार्यालय भजनी र पृथ्विपुरबाट संयुक्त खटिएको प्रहरी टोलीले १ दश्मलव ७४० ग्राम लागूऔषध (खैरो हेरोइन) सहित फेला पारि नियन्त्रणमा लिएको हो।

Navadurga sun

धनगढी उपमहानगरपालिका–१ त्रिवेणीघाटबाट सोही नगरपालिका–२ बैयाबेहडी बस्ने १८ वर्षीय किशोरलाई स्पास नामक १६ ट्वलेटसहित अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यसैगरी बर्दगोरिया गाउँपालिका–४ मुडा बजारबाट मोहन्याल गाउँपालिका–२ पन्डोन बस्ने २३ वर्षीय सागर शाही र १७ वर्षीय किशोर पक्राउ परेका छन्।

यी दुई जनालाई अबैध लागूऔषध ‎ट्रामाडोल १६५ क्याप्सुल, अबिल १४३ क्याप्सुल, मोबाइल २ थान र नगद ४५ हजार ५ सयसहित फेला पारि इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। यी पाँचै जनालाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...