गोदावरी-१ मा बडेहाँ बिजौरा खानेपानी आयोजना भव्यताका साथ उद्‌घाटन

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ मा निर्माण कार्य सम्पन्न बडेहाँ बिजौरा खानेपानी आयोजनाको उद्‌घाटन भएको छ ।

Ganyapdhura gau

२०७५ सालबाट निर्माण शुरु भएको आयोजनाको निर्माण कार्य सम्पन्न भएसँगै बिहीबार उद्‌घाटन गरिएको हो।

Navadurga sun

सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको करिब १२ करोड २९ लाख लागतमा खानेपानी आयोजना निर्माण भएको बडेहाँ बिजौरा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका सचिव मान बहादुर बलायरले बताए ।

Dadhaldhura pur

निर्माण सम्पन्न भएसँगै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले भव्य कार्यक्रमका बिच उद्‌घाटन गरेका छन ।

खानेपानी आयोजना निर्माण कार्यमा सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद ज्ञापन गर्दै समितिका अध्यक्ष बलबहादुर चौधरीले उद्‌घाटन कार्यक्रममा बताएका छन् । उनले खानेपानी आयोजना निर्माणका लागि भागेश्वर स्कुलले २ कट्टा जमिन उपलब्ध गराएको बताउँदै निर्माण कार्यमा सहयोग गर्ने सम्पूर्णलाई समेत सम्मान गरेका छन ।

खानेपानीको ४२ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ भने ६ सय ५ जना उपभोक्ता रहेका छन् । सुदूरपश्चिम प्रदेश सरकारको लगानी र जिल्ला खानेपानी डिभिजन कार्यालय अन्तर्गत उक्त खानेपानी निर्माण भएको समितिका सचिव बलायरले बताएका छन् ।

खानेपानीबाट गोदावरीको वडा नम्बर १ र ६ का बडेहा, भुँयारा, नहरटोल, कुटीकटान, बिजौरा, चैतन्यपुर, सालघाडी र गेटाका करिब २५ सय घरधुरी लाभान्वित हुने छन् ।

विगतका दिनमा खोला नालाको दुषित पानी र नल्काको पानी पिउन बाध्यता रहेका स्थानीयहरु बडेहाँ बिजौरा शुद्ध खानेपानी निर्माण भएर घरघरमा धारा जोडिने भएपछि निकै हर्षित भएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...