दार्चुलामा भिरबाट लडेर एक महिला घाइते

दार्चुला- दार्चुलामा भिरबाट लडेर एक महिला घाइते भएकी छन् ।

Dadeldhura hospital

जिल्लाको मार्मा गाउँपालिका–३ चीउरानीकी ५० वर्षीया कलावती विष्ट भिरबाट लडेर घाइते भएको प्रहरीले जनाएको छ । उनी खरबारीमा घाँस काट्नेक्रममा भिरबाट लडेर घाइते भएकी हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun

उनको दाहिँने आँखा र छातिमा चोट लागेको छ । उनको गोकुलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा अस्पतालमा रेफर गरिएको छ ।

Loading...