बैतडीमा भन्सार छलीका सामान बरामद

बैतडी- बैतडीमा भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका –१० अदरपिण्ड स्थित सडकखण्डको किनारबाट भन्सार छलेर ल्याएको अवैध सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए ।

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसोदेखि खटिएको प्रहरीले टोलीले सोमबार साँझ ५ बजेको समयमा उक्त सामग्री बरामद गरेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

चिनी, मिश्री लगायतका खाद्यान्न सामग्री, लत्ताकपडा, स्टेश्नरीका सामग्री र सूर्तीजन्य सामग्री गरी ७३ हजार ५ सय रुपैयाँ मूल्य बराबरको सामग्री बरामद गरिएको प्रहरी निरीक्षक ढुंगानाले बताए ।

बरामद गरिएको सामानलाई आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटमा पठाइने प्रहरीले जनाएको छ ।

Loading...