दार्चुलाबाट भन्सार छलीका सामान सहित २ जना पक्राउ

दार्चुला- दार्चुलाबाट भन्सार छलीका सामानसहित २ जना पक्राउ परेका छन् ।

दार्चुलाको महाकाली नगरपालिका–४ मल्ला बाङ्गाबगडमा बिरबहादुर बोहराले संचालन गरेको बीएम जनरल स्टोरको गोदाममा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका २ लाख ३७ हजार ६ रुपैयाँ मूल्य बराबरको सामान फेला पारेको हो ।

Navadurga sun

बोहराको गोदामबाट भन्सार छलीका चिनी, बिडी, खाने तेल, चप्पल, खुद्रा किराना लगायतका सामान बरामद गरिएको दार्चुला प्रहरीले जनाएको छ ।

यस्तै नौगाड गाउँपालिका–२ घर भई हाल महाकाली नगरपालिका–४ मल्ला बाङ्गाबगड बस्ने करन सिंह ठगुन्नाले संचालन गर्दै आईरहेको ठगुन्ना किराना पसलको गोदामबाट पनि ४७ हजार ४७० मूल्य बराबरको भन्सार छली गरि ल्याएका सामान जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ ।

ठगुन्नाको गोदामबाट भन्सार छली गरि ल्याएका आटा, चामल, खानेतेल, चिनी, चप्पल लगायतका सामान प्रहरीले बरामद गरेको छ। खानतलासी गर्दा फेला परेका सामानसहित बोहरा र ठगुन्ना दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...