काठमाडौं । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले चलचित्र ‘१२ गाउँ’को शो बढाएको छ । सोमबार शो बाँडफाँट गरेर बुकिङ ओपन गरेको क्फूएफएक्सले मंगलबार दिउँसो र साँझ दुई पटक ‘१२ गाउँ’को शो बढाएको हो । बुकिङ उच्च देर्खिपछि ‘१२ गाउँ’को शो थपिएको हो ।
सोमबार साँझ शो निकाल्दा ‘१२ गाउँ’ले काठमाडौं उपत्यकामा २२ र उपत्यका बाहिर ४६ शो पाएको थियो । तर, बुकिङ बढ्दै गएपछि क्यूएफएक्सले शो पनि बढाएको छ ।
क्यूएफएक्सले बुधबार बिहानसम्म काठमाडौं उपत्यकामा २२ बाट बढाएर शो २६ पुर्याएको छ । मंगलबार दिउँसो यो संख्या २५ थियो ।
काठमाडौं बाहिर पनि क्यूएफएक्सले शो थपेको छ । मंगलबार बिहानसम्म २४ शो रहेकोमा अहिले एक शो थपिएको छ । काठमाडौं बाहिर क्यूएफएक्सका नौवटा आउटलेटमा ‘१२ गाउँ’ले २५ शो पाएको छ ।
मंगलबार बिहान जम्मा ४६ शो रहेकोमा बुधबार बिहानसम्म शो बढेर ५१ पुगेको छ ।
‘१२ गाउँ’ असोज २४ गते ९भोलि०बाट रिलिज हुँदैछ । ‘१२ गाउँ’लाई बिराज भट्टले निर्देशन गरेका छन् । यो चलचित्रबाट समीर भट्टले डेब्यु गर्दैछन् । समीर बिराजका छोरा हुन् ।
भोलि नै ‘छक्का पञ्जा–५’ र ‘ज्वाइँ साब’ पनि रिलिज हुँदैछन् । ‘छक्का पञ्जा–५’लाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् । यसमा दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् ।
‘ज्वाइँ शाब’ वसन्त निरौलाले निर्देशन गरेको चलचित्र हो । यसमा जितु नेपाल र नीति शाह मुख्य भूमिकामा छन् ।