माटोको ढिस्कोले पुरिएर एक महिला घाइते

Dadeldhura hospital

धनगढी- कैलालीमा माटोको ढिस्कोले पुरिएर एक महिला घाइते भएकी छन् । जिल्लाको घोडाघोडी नगरपालिका–८ लठ्वाकी ३५ वर्षीया मनसरा पोखरेल माटोको ढिस्कोमा पुरिएर घाइते भएकी हुन् ।

घर लिपपोतका लागि माटो लिन गएकी मनसरा माटोको ढिस्कोमा च्यापिएर घाइते भएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि सुखडमा रहेको सियस अस्पताल लगिएकोमा थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ ।

Godawari sandesh
Navadurga sun
Loading...