कैलालीबाट ९ जना जुवाडे पक्राउ

कैलाली- कैलालीबाट ९ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको जानकी गाउँपालिका २ बढरिया स्थित धनब हादुर थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५४ वर्षीय जगत साउद सहित ९ जना जुवाडे शुक्रवार पक्राउ परेका हुन् ।

Dadeldhura hospital

उनीहरूलाई नगद २१ हजार ७ सय ५ र ३ गड्डी ताससहित इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।

Navadurga sun
Godawari sandesh

बिहीवार पनि लम्कीचुहा नगरपालिका–२ मोतिपुर स्थित २५ वर्षीय अर्जुन डाँगीको घरमा जुवातास खेलिरहेको अवस्थामा डाँगी सहित ९ जना जुवाडे पक्राउ परेका थिए ।

Loading...