गोदावरी ९ को वडामा लगाइएको ताला ६ दिनपछि खुल्यो

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ को कार्यालयमा लगाइएको ताला ६ दिनपछि खुलेको छ ।

Dadeldhura hospital

वडाबासीले वडा जोड्ने सडक कालोपत्रे गर्नुपर्ने, खुटिया नदीबाट उठेको नदीजन्य पदार्थको २५ देखी ३५ प्रतिशत रकम सोही ठाउँमा लगानी गर्नुपर्ने लगायतका माग राख्दै गत आइतबार (असोज १३ गते) वडा नम्बर ९ को कार्यालयमा तालाबन्दी गरेका थिए ।

Navadurga sun
Godawari sandesh

वडा अध्यक्ष रामलाल रानाको अध्यक्षतामा आज बसेको संघर्ष समिति र सर्वदलीय बैठकमा संघर्ष समितिका मागहरू नगरपालिकाको हिउँदे अधिवेशन अघि सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि तालाबन्दी खोलिएको हो।

Loading...